नेपाली कांग्रेस १४औँ महाधिवेशनको नयाँ कार्यतालिका !!

नेपाली कांग्रेस १४औँ महाधिवेशनको नयाँ कार्यतालिका !!

नेपाली कांग्रेस १४औँ महाधिवेशनको   नयाँ  कार्यतालिका
नेपाली कांग्रेस १४औँ महाधिवेशनको नयाँ कार्यतालिका

नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो।  

जसअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने, भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने र असोज १ गते प्रदेश  क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

बैठकले संघीय निर्वाचन  क्षेत्रको अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन असोज १२ गते, र केन्द्रीय अधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा गर्ने भएको छ।

Related Articles

Leave a Reply

Stay Connected

999FansLike
777FollowersFollow
- Advertisement -spot_img

Latest Articles

%d bloggers like this: