पैसा नहुनेले नेता बन्न नपाउने
केपी ओलीको सत्ता बहिर्गमनसँगै राष्ट्रिय राजनीतिमा रक्षात्मक बन्न पुगेको नेकपा एमालेको संस्थापन पक्षले शक्ति आर्जनका लागि युवा परिचालनको नयाँ फर्मुला ल्याएको छ। . सो पक्षनिकट राष्ट्रिय युवासंघ नेपालले आफ्ना प्रत्येक सदस्यलाई व्यवसायमा जोड्ने र आर्थिक रूपले सक्षम बनाउने नीति अघि सारेको हो।
राजनीतिमा ठेकेदारी प्रवृत्ति हावी हुँदा इमान्दार कार्यकर्ता पाखा लाग्नुपरेको गुनासो आइरहेका वेला युवासंघले भने व्यवसाय नगर्नेलाई कमिटीमा नराख्ने नयाँ योजना वनाएको हो । नेतृत्व तहको छलफलमा व्यवसायमा नलागे कालाई कमिटीमा
नराख्नेसम्मको प्रस्ताव आएको बताइन्छ । व्यवसायमा संलग्न नहुनेलाई कमिटीको जिम्मेवारी नदिने वारे छलफल भैरहेको संघका एक नेताले बताए । उनका अनुसार व्यवसायमा लागेर पार्टीलाई आर्थिक सहयोग दिने हैसियत नभएकालाई कमिटीबाट विदा गर्नेगरी छलफल अघि बढिरहेको छ। ‘सधैं चन्दा उठाएर र नेताको घर-घर धाएर हुँदैन, अब युवालाई आफ्नै व्यवसायमा जोड्नुपर्छ भन्नेबारे छलफल अघि बढिसकेको छ ।
अब जो कमाइ गर्न सक्दैन, ऊ युवासंघमा रहँदैन’, उनले भने । त्यसो त, युवासंघमा गुण्डागर्दी हाबी हुने गरेको आरोप लाग्ने गरेको छ। वाइसिएलको जगजगी भएका बेला युथफोर्स गठन गरेर चर्चामा आएको युवासंघमा गुण्डागर्दी र अराजकता बढेको एमालेकै शीर्ष नेताहरू भन्ने गर्थे । त्यस्ता आरोपको तथ्यगत खण्डनका लागि पनि युवाहरूलाई सिर्जनात्मक बनाउनु आवश्यक रहेको ती नेता बताउँछन् ।
विषयमा नेतृत्व युवासंघले याला व्यवसायमा पहुँच पुयाउन नसक्ने कार्यकर्तालाई साना व्यवसायमा जोड्ने भएको छ । त्यसका लागि तत्काल प्रत्येक चोकमा कफी सप खोल्ने तयारी भइरहेको बताइन्छ । कफी सप खोल्न युवासंघले काठमाडौं उपत्यकामा ६० वटा लोकेशन छनोट गरेको छ । युवासंघमा आबद्ध प्रत्येक सदस्यलाई कफी सप खोल्न लगाउने र त्यसका लागि आवश्यक लगानी जुटाउने तहमा छलफल भैरहेको ती नेताले बताए ।

बताइएअनुसार शुरुमा आफ्नै लगानीबाट थाल्ने र पछि स्वरोजगार कोषबाट सहयोग लिने तयारी छ । ‘दुई लाख आफ्नो र बाँकी स्वरोजगार कोषबाट सहयोग लिएर लगानी गर्नेबारे कुराकानी भइरहेको छ । यसरी काम गर्दा केही गरी लगानी डुब्दा पनि आफ्नो डुब्दैन । थोरै आफ्नो लगानी भएपछि व्यवसायप्रति माया पनि हुन्छ ।’ यसरी काम गर्दा रोजगारी सिर्जना हुने र पार्टीलाई पनि समय दिन सकिने युवासंघको विश्वास छ।
यही मेसोमा युवासंघले केन्द्रीय कमिटीको संख्या घटाउनेबारे पनि छलफल थालेको छ । युवासंघमा अहिले एक हजार जनाको केन्द्रीय कमिटी छ । त्यसलाई स्वाट्टै घटाएर सानो र एक्टिभ कमिटी बनाउने तयारी छ। त्यसरी घटाउँदा व्यवसायमा नलागेकालाई कमिटीबाट बाहिर राख्ने योजना बनाइएको छ। ‘पहिला आफ्नो व्यवसाय हुनुपर्यो, आफू टिक्नुपर्यो र पार्टीलाई लेबी तिर्नसक्ने हुनुपर्यो।
त्यसपछि बल्ल युवासंघको नेता बन्न पाइन्छ’, अर्का एक नेताले भने । उनका अनुसार अहिले युवासंघका अध्यक्षले वर्षको एक लाख लेबी तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, महासचिवले ७५ हजार र सचिवहरूले ५० हजार तिर्नुपर्ने हुन्छ । व्यवसाय नगर्नेले त्यत्रो लेबी तिर्न नसक्ने हुँदा पनि व्यवसाय गर्नुपर्नेमा उनको जोड छ ।
युवासंघले लामो समय निष्क्रिय रहेको युथफोर्सलाई हालै सक्रिय बनाएको छ । युथफोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ तोकिएका छन् । मनग्ये आम्दानी गर्नसक्ने भएकै कारण उनीहरूले उक्त जिम्मेवारी पाएका हुन् । थेवेले त अस्ति एक लटमा संगठनलाई ३ लाख चन्दा सहयोग गरेको चर्चा पनि छ । उपप्रमुख श्रेष्ठको आफ्नै कन्स्ट्रक्सन कम्पनी छ। काठमाडौंमा बसेरै सिन्धुलीको काम भ्याइरहेका छन् । JANA AASTHA