काठमाडौँ- ललितपुरकाे झम्सीखेल स्थित साउथर्न कम्फर्ट रेष्टुरेन्टमा २०७८ साल असाेज ७ गते साहिँला म्युजीक भिडीयाेकाे बिमाेचन भएकाे छ । याे भिडीयाेमा अहिलेकाे समसामयीक अबश्था मध्ये बिदेशिनुकाे पीडा साथै छुट्नु र भेट्नु अनि बालिकाकाे मार्मीक अभिनयका साथमा साँगितिक समुहकाे एउटा नाैलाे काेसेली स्वरूप याे म्युजिक भिडीयाे बजारमा ल्याएकाे हाे ।

रेड हर्स प्राेडक्शनकाे ब्यानरमा दिलीप समनकाे डाइरेक्सन ,रूद्र छन्त्यालकाे रचना,सुरेश कुमार क्षेत्रीकाे सँगित र सुमधुर स्वर शबु थापाले भरेका छन् । यस म्युजीक भिडीयाेमा अभिनय राजन गहतराज, मल्लीका राज उपाध्याय, राेजलीन केसी, जतिन ताम्राकारकाे मुख्य भुमीकाकाे रूपमा देखाइएकाे छ भने गित अनुसारकाे स्वदेश तथा बिदेशकाे दृष्य समेत छायाँकन गरि मनै छुने मार्मीक गित बनेकाे छ ।

बिमाेचन कार्यक्रममा प्रमुख अतिथी बिएफबिएस रेडीयाेका म्यानेजर बिनाेद ध्वज खड्का, अतिथीहरू ब्लु बर्ड एच डीका प्रमुख दिलिप न्याैपाने , अधिबक्ता श्याम राेक्का र दुर्गा प्रसाद बराल साथै अन्य अतिथीहरू चर्चीत गाएक सबिन राइ, सपन श्रेषठ, कर्मा रूम्बा, मिडीयाकर्मी भीजन न्युज नेपाल तथा अन्यकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे क्रममा अतिथी अाशन ग्रहण तथा खादा लगाएर सम्मान गरि गाएक शबु थापाले गितकाे बारेमा प्रष्ट पार्दै पहिलाे अन्तरा समेत गाएर रमाइलाे प्रदान गर्नु भएकाे थियाे भने साँहिला म्युजिक भिडीयाेलाइ प्राेजेक्टरमा देखाएर बिमाेचन गरिएकाे थियाे उक्त म्युजीक भिडीयाे हेरिसकेपछि रेड हर्स प्राेडक्सनकाे तर्फबाट कानुनी सल्लाहकार श्याम राेक्काले याे गित र छाँयाङनले सबै नेपालीकाे मनछुने बनेकाे छ र सर्जककाे नयाँ श्रृजनालाइ सबैले माया गरि अध्याधिक रूपमा हेरिदिनुहुन अनुराेध गर्दै साँहिला परिवारलाइ सफलताकाेलागि हार्दिक बधाइ तथा धन्यबाद ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रम प्रस्तुती प्रणीमा दाहाल ले गर्नु भएकाे थियाे अन्तमा साँझकाे गिति रमझम र डीनरकाे समेत ब्यबस्थाले साउथर्न कम्फर्टमा सँगितमय महाेल बनेकाे थियाे ।