स्नेहा संग्रौला चाँडै नै बलिउड गायकको गीतमा

Kathmandu: झापा बिर्तामोड निवासी स्नेहा संग्रौला अध्ययन सँगसँगै मोडलिङमा पनि आउने सुरसार गर्दै छिन् । अब चाँडै नै सुटिङमा रहेको एक बहु चर्चित बलिउड गायकको नेपाली गीतको म्युजिक भिडियोमा आउने तयारीमा छिन् ।
टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा तीन वर्ष काम गरेकी उनले सबै किसिमको कार्यक्रममा उद्घोषण गरेको अनुभव बटुलेकी छिन ।

साथै उनले कला र मनोरञ्जन सम्बन्धी कार्यक्रमको आयोजक र प्रशिक्षकको भूमिका निर्वाह गरेकी छिन् ।
उनको रुची गायन र नृत्यमा छ । साथै पुस्तक अध्ययन र फुल सजावट पनि उनको सोेख हो ।

प्लस टुमा बिजनेस म्यानेजमेन्ट उतीर्ण गरेकी उनी कानून विषयकी पारखी हुन् । यस्तै स्नातक तहमा उनले कानून विषय नै अध्ययन गर्ने योजना बनाएकी छिन् ।
Popular Post